१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार २१ शनिबार १९:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा एसको ५औँ विद्यार्थी जिल्ला कमिटी अधिवेशन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार १९:४१:oo

नेकपा एकीकृत समाजवादीको ५औँ विद्यार्थी जिल्ला कमिटी अधिवेशन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

अधिवेशन एकीकृत समाजवादीको सभाहलमा भएको थियो, विभिन्न १३ वटा इलाका कमिटीबाट १५० जना प्रतिनिधि रहेका थिए भने पार्टीसचिव माननीय शेरबहादुर कुँवर,स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेल, पोलिटब्युरो सदस्य एवं विद्यार्थी जिल्ला कमिटीका अध्यक्ष मोहन गौतम, पोलिटब्युरो सदस्य तथा विद्यार्थी जिल्ला कमिटीका अध्यक्ष सुदेश पराजुली, पोलिटब्युरो सदस्य जीवन राई उपत्यका प्रदेश कमिटीका अध्यक्ष विष्णु लामिछाने, पार्टी केन्द्रीय सदस्य माधव पन्त, यशु लामा, संगीता पाख्रिनलगायतका नेता उपस्थित रहेका थिए।

अधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल, पोलिट्ब्युरो सदस्य मोहन गौतम, सुदेश पराजुलीलगायत नेताले सम्बोधन गरेका थिए। सो अधिवेशनबाट अध्यक्षमा अशोक थापा, उपाध्यक्षमा मनोज चन्द, सचिवमा हुकुम बिसी, उपसचिवमा रामबहादुर मल्लसहित ४१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ।