१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १६ सोमबार १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार

लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर दरबारमार्गमा दुई कामदारको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १९:४४:oo

लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर काठमाडौंको दरबारमार्गका दुई कामदारको मृत्यु भएको छ। 

पोतला डेभलपमेन्ट प्रालिले बनाउँदै गरेको भवनबाट खसेर कैलाली घर भएका परदेशी चौधरी र विशाल चौधरीको मृत्यु भएको थियो। सोमबार दिउँसो चेन चुँडिएर उनीहरू खसेका थिए। उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।