१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १५ आइतबार o९:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

श्रमिकको स्वास्थ्य रक्षाको मुद्दामा समर्थन जुटाउँदै स्वास्थ्यमन्त्री पौडेल  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार o९:४२:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन संवाद अघि बढाएका छन् । 

संगठनको कार्यकारी समिति सदस्यसमेत रहेको नेपालले यो मुद्दालाई आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा थाइल्यान्डको बैंककस्थित राष्ट्रसंघीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदसँग नेपालको एजेन्डाको तयारी र यसमा जुटाउन सकिने विश्व समर्थनबारे विषय उठान गरे । 

मन्त्री पौडेलले भने, ‘हाम्रा धेरै श्रमिक अहिले रोजगारीका क्रममा बाहिर छन् । उनीहरूको स्वास्थ्य समस्या हाम्रा लागि चिन्ताको विषय बनेको छ । सबै श्रमिकका साझा समस्यालाई सम्बोधन गर्न पर्याप्त गृहकार्य आवश्यक छ ।’ जवाफमा निर्देशक वाजेदले नेपालको एजेन्डामा समर्थन जुट्ने विश्वास गर्दै आफ्ना तर्फबाट समन्वयात्मक पहल हुने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री पौडेलले हालै मात्र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विदेशबाट फर्किएका श्रमिकको नि:शुल्क परीक्षण तथा नियमित भर्चुअल स्वास्थ्य सेवा दिन गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ ।