१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 10 June, 2025
Invalid date format o६:५७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पोर्चुगलले दोस्रोपटक जित्यो नेसन्स लिग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:५७:oo
  • उपाधि भिडन्तमा स्पेनलाई टाइब्रेकरमा ५–३ ले निराश बनाउँदै पोर्चुगल बन्यो च्याम्पियन, नेसन्स लिग दुईपटक जित्ने क्रिस्टियानो रोनाल्डो पहिलो कप्तान

पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बायर्न म्युनिखमा आइतबार राति भएको फाइनलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ ले स्तब्ध पार्दै उपाधि हात पारेको थियो । नेसन्स लिगको फाइनलअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र स्पेनका युवा खेलाडी लामिन यमलबिच उत्कृष्टको होडबाजी चलेको थियो । 

तर, विश्व फुटबलकै अनुभवी खेलाडी रोनाल्डोले यमललाई पछि पार्न सफल भए । च्याम्पियनसिप ट्रफी उचाल्दा रंगशालामा दर्शकहरूले ‘हामी पुनः एकपटक च्याम्पियन भयौँ,’ भनेका थिए । रोनाल्डोले आफ्नो कप्तानमा पोर्चुगललाई तीन प्रमुख उपाधि दिलाउन सफल भएका छन् । उनले सन् २०१६ मा पहिलोपटक पोर्चुगललाई युरोकप विजेता बनाए । 

त्यसपछि सन् २०१९ मा पोर्चुगलले पहिलोपटक नेसन्स कपको ट्रफी उचाल्दा उनी नै कप्तान थिए । बायर्न म्युनिखमा फाइनलको निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा पोर्चुगल र स्पेनले २–२ को बराबरी खेलेका थिए । त्यसपछि उपाधिको निर्णय टाइब्रेकरबाट भयो । टाइब्रेकरमा पोर्चुगलका गोलरक्षक डिएगो कोस्टा नायक बने । उनले स्पेनका अल्भारो मोराटाको चौथो पेनाल्टीलाई डाइभ गरी बचाए । त्यसपछि पोर्चुगलका रुबेन नेभेसले निर्णायक तथा पाँचौँ पेनाल्टी गोल गर्दै पोर्चुगललाई उपाधि दिलाए । 

रोनाल्डोको १३८औँ अन्तर्राष्ट्रिय गोल
पेनाल्टी मिस गरेपछि स्पेनका मोराटा निकै निराश बने । उनी वर्तमान स्पेनिस राष्ट्रिय टोलीका अनुभवी खेलाडीमा पर्छन् । टाइब्रेकरमा उनी स्पेनकै विशेषज्ञ खेलाडीका रूपमा थिए । तर, उपाधि भिडन्तमा उनी चुके । अर्कोतिर, रोनाल्डोले भने आफ्नो कीर्तिमानी १३८औँ अन्तर्राष्ट्रिय गोल गर्दै पोर्चुगललाई ६१औँ मिनेटमा २–२ को बराबरीमा ल्याए । पहिलो हाफमा स्पेनका मिकेल ओयार्जाबालले १–० को अग्रता दिलाएका थिए । 

ओयार्जाबालले पेड्रीको पासमा डिएगो कोस्टालाई छक्याउँदै मिकेलले ४५औँ मिनेटमा गोल गरेका थिए । स्पेनका मोराटाले उपाधि भिडन्तमा स्पेनले दुर्भाग्यको सामना गरेको प्रतिक्रिया दिएका छन् । 

‘सबै राम्रो हुँदाहुँदै पनि हामीले उपाधि गुमायौँ,’ उनले भने, ‘दोस्रो हाफमै थाक्यौँ ।’ पोर्चुगलले मध्यान्तरपछि वैकल्पिक खेलाडीलाई मैदानमा उतारी खेलको रणनीति परिवर्तन गरेको उनको भनाइ छ । ‘पोर्चुगलका वैकल्पिक खेलाडीले दोस्रो हाफमा खेललाई फरक बनाए, यसमा हामी चुक्यौँ,’ मोराटाले भने, ‘भविष्यमा फेरि उपाधिनजिक पुग्न लडिरहनेछौँ ।’ यसअघि सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५–४ ले हराउँदै फाइनलको स्थान पक्का गरेको थियो । सन् २०२३ को संस्करण स्पेनले जितेको थियो । 

मध्यान्तरअघि बराबरी
स्पेनले पहिलो हाफमा पोर्चुगलमाथि दबाब राखेको थियो । खेलमा पहिलो अग्रता स्पेनले लिएको थियो । मार्टिनले खेलको २१औँ मिनेटमा स्पेनलाई १–० को स्थितिमा राखे । उनले डिबक्सभित्र एकल प्रयासमा गोल गरेका थिए । खेलको २६औँ मिनेटमा नुनो मेन्डेसले उत्कृष्ट सट प्रहार गर्दै पोर्चुगललाई बराबरीमा ल्याए । उनले रोनाल्डोको पासमा सहज गोल गरेका हुन् । खेलको ४५औँ मिनेटमा स्पेन २–१ ले अघि बढ्यो । खेलको ६१औँ मिनेटमा रोनाल्डोले डिबक्सभित्रबाट पोर्चुगललाई २–२ को बराबरीमा ल्याए । खेलको ८८औँ मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए ।