१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
रासस झापा
Invalid date format १o:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
Invalid date format १o:११:oo

 शिवसताक्षी नगरपालिका– २ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईका अनुसार सो वडाका नौजना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको छ ।

धानबाली पाक्ने वेलामा रोगको संक्रमण भएर नष्ट भएपछि किसानले निराश भएर स्थानीय पालिका गुहारेका छन् । ‘लहलह धानका बाला झुल्न थालेको थियो,’ एक बिघा १५ कट्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमार मैनालीले भने, ‘एक्कासि के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुससरह भयो ।’

सुकिसकेको धानको बोटलाई खेतबाट हटाउनसमेत समस्या भएको उनले बताए । बर्खे धान पाकेपछि किसानले हिउँदे धान लगाउने चलन थियो । तर, बर्खे धानमा क्षति भएपछि अब अर्को धान रोप्ने कि नरोप्ने भन्ने चिन्ता थपिएको मैनालीको भनाइ छ । नेक ब्लास्ट रोग धानको बिउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बिउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताए ।