१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
२o८२ जेठ १९ सोमबार १o:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पिएसजी पहिलो च्याम्पियन्स लिग विजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १o:२o:oo

पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलोपटक युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको छ । जर्मनीको म्युनिखमा आइतबार राति भएको फाइनलमा पिएसजीले सिरी ‘ए’ टोली इन्टर मिलानमाथि ५–० को कीर्तिमानी जित निकाली उपाधि जितेको छ । उपाधि विजेताले प्रशिक्षक लुइस एन्रिकले आफ्नी दिवंगत छोरी सानाको सम्झनामा समर्पण गरेका छन् ।

१९ वर्षीय डिजाइर डोउले उपाधि भिडन्तमा दुई गोल र एक असिस्ट गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । ५५ वर्षीय स्पेनिस प्रशिक्षक एन्रिकले सन् २०१५ मा बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका थिए । दुई फरक क्लबबाट ‘ट्रेबल’ उपाधि जित्ने उनी दोस्रो प्रशिक्षक बनेका छन् । सन् २०१४–१५ मा बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा ट्रेबल नै जितेको थियो । एन्रिकअगाडि पेप ग्वार्डिओलाले यस्तै सफलता चुमेका थिए । 

पिएसजीको दबदबा
पिएसजीले च्याम्पियन्स लिगमा एक रूपता प्रदर्शन गर्‍यो । म्यानचेस्टर सिटी, लिभरपुल, एस्टन भिल्ला र आर्सनललाई हराउँदै पिएसजीले अन्तिम दुई स्थान पक्का गरेको थियो । फर्ममा रहेका खेलाडीले इन्टर मिलानलाई फाइनलमा कुनै पनि समयमा अवसर दिएनन् । 

छुटाउनुभयो की ?