१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १८ आइतबार o९:३२:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

गाजाको मानवीय अवस्था अहिलेसम्मकै गम्भीर 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार o९:३२:oo
  • झन्डै ८० दिनदेखि आपूर्ति पूर्ण रूपमा बन्द भएकाले गाजामा भोकमरीको जोखिम बढेको छ । सीमित मात्रामा गाजामा प्रवेश गरिरहेको सामग्रीले करिब २१ लाख मानिसको आधारभूत आवश्यकता पूरा गर्न सक्दैन ।

गाजाको अवस्था युद्ध सुरु भएपछि अहिलेसम्मकै गम्भीर अवस्थामा छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले गाजा संकटप्रति सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताउँदै विश्व समुदायको ध्यानाकर्षण गरेको छ ।उक्त जानकारी दिएको हो । निरन्तर बम आक्रमण, कुपोषण, ठुलो संख्यामा जनताको विस्थापन र सार्वजनिक सुरक्षाको अभावका कारण अहिलेको परिस्थिति अति संकटपूर्ण भएको बताइएको छ ।

कार्यालयका अनुसार चार दिनपछि पहिलोपटक संयुक्त राष्ट्रसंघ तथा यसका साझेदार संस्थाहरूले पठाएका पाँचवटा राहत सामग्री बोकेका सवारीसाधन गाजामा प्रवेश गर्न सफल भए । तर, केरम सालोम भनिने नाकाआसपास द्वन्द्वका कारण अन्य ६० वटा सवारीसाधनले सामग्री लिएर फर्कनुप¥यो । पाँच सवारीसाधनले ल्याएका औषधिजन्य सामग्री डेइर अल–बलाहको एक अस्पतालका लागि थिए, तर दुःखद रूपमा तीमध्ये धेरै सामग्री लुटिएको जनाइएको छ । राष्ट्रसंघका महासचिवका प्रवक्ताका अनुसार नाकाको वरपर विशेष गरी ‘नो म्यान्स ल्यान्ड’ भन्ने क्षेत्रमा हतियारधारी समूहको गतिविधि बढ्दो रहेको छ, जसले गर्दा अवस्था अझ जटिल बनेको छ ।

झन्डै ८० दिनदेखि आपूर्ति पूर्ण रूपमा बन्द गरिएकाले गाजामा जनताको आवश्यकता निकै बढेको छ । हाल सीमित मात्रामा गाजामा प्रवेश गरिरहेको सामग्री अत्यन्तै न्यून छ, जसले करिब २१ लाख जनताको आधारभूत आवश्यकता पूरा गर्न सक्दैन । राष्ट्रसंघ र यसका साझेदार संस्थाहरूले विभिन्न कठिनाइका बाबजुद गाजामा रहेका जनतालाई आवश्यक सहयोग पु¥याउने प्रयास गरिरहेका छन् । तथापि, गाजाभित्र लगिने सामग्रीको मात्रा र प्रकारमा लगाइएको प्रतिबन्धका कारण यो कार्य अझ कठिन भइरहेको छ ।

अन्तिम अस्पताल पनि बन्द

गाजाको अन्तिम आंशिक रूपमा सञ्चालनमा रहेको ‘अल–आवदा’ नामक अस्पतालमा  पटक–पटक आक्रमण भएपछि बिहीबारदेखि बन्द गरिएको छ । त्यस्तै, दक्षिण गाजाको डेइर अल–बलाह, अल–बुरेइज र अन–नुसेरात क्षेत्रमा पनि आक्रमण जारी छ । युद्धका कारण एउटा पत्रकारको घरमा भएको आक्रमणमा उनका नौजना परिवारका सदस्यको मृत्यु भएको र अन्य १५ जना घाइते भएको बताइएको छ । साथै, एक अन्तर्राष्ट्रिय सहायता संस्थामा कार्यरत पाँचजना कर्मचारी मारिएका छन् भने दुईजना घाइते भएका छन् । मानवीय कार्यालयले आमनागरिक र सहायताकर्मीको सुरक्षाको सुनिश्चितता हुनु आवश्यक रहेकोमा जोड दिएको छ ।

खाद्यान्न अभाव र लुटपाट
गाजामा पछिल्ला दुई सातामा झन्डै दुई लाख नागरिक पुनः विस्थापित भएका छन् । इजरायली प्रशासनले हालै करिब ३० प्रतिशत क्षेत्रलाई खाली गर्न निर्देशन दिएको बताइएको छ । यद्यपि, धेरै मानिस खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको खोजीमा स्थान परिवर्तन गरिरहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार केही क्षेत्रमा राहतका रूपमा आपत्कालीन वासस्थलमा निर्माण सामग्री वितरण गरिएको छ । तर, सार्वजनिक सुरक्षा कमजोर बन्दै गएको र लुटपाटका घटना बढेको पाइएको छ । डेइर अल–बलाहस्थित एउटा अस्पतालमा केही सशस्त्र समूहले प्रवेश गरी बालबालिकाको पोषणका लागि राखिएका औषधि र उपकरण लुटेका छन् ।

संयुक्त राष्ट्रसंघले इजरायललाई गाजामा सार्वजनिक सुरक्षाको सुनिश्चितता गर्ने जिम्मेवारी बहन गर्न आग्रह गर्दै शान्तिपूर्ण र कानुनी तरिकाले अपराध रोक्न आवश्यक रहेको जनाएको छ । साथै, पर्याप्त राहत सामग्री, खाद्यान्न तथा आवश्यक वस्तुहरू गाजामा पु¥याउन नाकाहरू खोल्न आवश्यक भएको जनाएको छ ।

पश्चिम किनारमा पनि हिंसा र निषेध
पश्चिम किनारमा इजरायली बसोवासकर्ताको हिंसा बढ्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । पछिल्ला केही महिनामा करिब दुई सय २० जनाभन्दा बढी स्थानीय बासिन्दा घाइते भएका छन् । साथै, एक समुदायलाई चौथोपटक बस्ती हटाउन बाध्य बनाइएको छ । सल्फित क्षेत्रमा इजरायली सुरक्षाकर्मीले लगाएको आवागमन नियन्त्रणका कारण करिब ९० हजार मानिसलाई स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको जनाइएको छ । त्यस क्षेत्रका बासिन्दालाई लामो बाटो हिँड्नुपर्ने, यात्रा खर्च बढेको र दैनिक जीवनमा कठिनाइ भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले आमनागरिकका आधारभूत आवश्यकता सुरक्षित र अवरोधरहित रूपमा उपलब्ध गराउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

अनिकालको जोखिममा गाजावासी
राष्ट्रसंघले प्यालेस्टिनी सम्पूर्ण जनसंख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको जनाएको छ । करिब २० महिनादेखि जारी युद्ध अन्त्यका लागि भएको वार्ताले अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन र इजरायलले मार्चमा गाजामा पुनः सैन्य कारबाही सुरु गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवीय संस्था ओसीएचएका प्रवक्ता जेन्स लार्कले भने, ‘गाजा पृथ्वीको सबैभन्दा भोकमरी भएको स्थान हो ।’ 

इजरायली अधिकारीहरूको दाबीलाई अस्वीकार गर्दै उनले भने, ‘यो एक देश वा देश भित्रको परिभाषित क्षेत्र जहाँको सम्पूर्ण जनसंख्या अनिकालको जोखिममा छ अर्थात् शत प्रतिशत जनसंख्या अनिकालको जोखिममा छ ।’ जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लार्कले गाजा पट्टीमा मानवीय सहायता पु¥याउन संयुक्त राष्ट्रसंघले सामना गर्नुपरेको कठिनाइबारे पनि उल्लेख गरे ।

इजरायलले मार्च २ मा प्यालेस्टाइनी भूमिमा लगाइएको पूर्ण सहायता नाकावन्दीलाई हालैका दिनहरूमा आंशिक रूपमा खुकुलो बनाएको छ जसका कारण खाद्यान्न र औषधिको गम्भीर अभाव कम भएको छ ।