
सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एन्ड स्पाबिच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले लाइल्याक वेलनेसमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।