
अमेरिकाको टेक्ससमा कार्यालय रहेको हेम–सरिता पाठक फाउण्डेसनद्धारा स्थापित ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पत्रकारलाई प्रदान गरिएको छ । कान्तिपुर दैनिकका मातृका दाहाल उकालो डटकमकी दिपा दाहाललाई पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशी एक लाख रुपैयाँ छ । खोज पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा पुर्याएको योगदानस्वरुप पत्रकारद्धयलाई पुरस्कृत गरिएको फाउण्डेसनले जनाएको हो । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, फाउण्डेसनका प्रमुख संरक्षक हेम पाठक र फाउण्डेसनका अध्यक्ष जेनी पाठकले पत्रकारद्धय दाहाललाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।