१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २१ आइतबार o८:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार o८:११:oo

काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । सवारी साधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अबरुद्ध भएको छ ।गएरातिदेखि परेको बर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ र ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ तर्फको डाइभर्सन बगाएको मकवानपुर प्रहरीले जनाएको छ । 

तत्काल प्रहरी र सडक डिभिजक कार्यलयको टोलीले उक्त क्षेत्रबाट अबरुद्ध बाटो खेल्ने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनले तत्कालका लागि कान्ति लोकपथ भएर चल्न सवारीसाधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झण्डै दुईहप्तासम्म उक्त सडक खण्ड अवरुद्ध भएको थियो । पछिल्लो समय १८ वैशाखदेखि १ जेठसम्म १५ दिनका कान्ति लोकपथ दैनिक ६ घण्टाका लागि बन्द गरिदै आएको छ । उक्त सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडकखण्डअन्तर्गत गँगटेनजिकैको भर्‍याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडकखण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने गरिएको छ ।