
नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित ‘अरेबियन ट्राभल मार्केट (एटिएम) २०२५’ मा नेपालका पर्यटन गन्तव्य र सम्भावनाहरू प्रदर्शन गरेको छ ।
२८ अप्रिलदेखि १ मेसम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावना प्रवद्र्धन गरेको हो ।
बोर्डको प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीसँग व्यावसायिक भेटघाट (बिटुबी) गर्दै नेपालको पर्यटन विशेषता प्रस्तुत गरेको थियो ।
मेलामा बोर्डले ब्रोसर, यात्रा गाइड र परम्परागत नेपाली हस्तकला सामग्री वितरण गरी नेपालको पर्यटकीय विविधता र अनुभवलाई प्रवद्र्धन गरिएको थियो ।