१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच घन्टापछि रेशम चौधरी जेलमुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३o:oo

एक कर्मचारीको अनधिकृत पत्रका आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी करिब पाँच घन्टापछि जेलमुक्त भएका छन्। सर्वाेच्च अदालतका कर्मचारी महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले उनलाई बुधबार अपराह्न पक्राउ गरेको थियो। सर्वाेच्च अदातलको पत्रका आधारमा उनलाई छाडिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए। 

सो पत्र आधिकारिक नभएको भन्दै सर्वाेच्च अदालतले कारागार प्रशासनलाई बुधबार नै अर्काे पत्र पठाएपछि उनी जेलमुक्त भएका हुन्। चौधरी गत वर्ष जेठमा राष्ट्रपतिबाट माफी मिनाहा पाएर छुटेका थिए। त्यसविरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाइ जारी छ। 

अनधिकृत पत्र लेख्ने अधिकृत महिनामानसिंहलाई काठमाडौं प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।