१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १७ बुधबार २२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार २२:११:oo

आयल निगमले बुधबार रातीबाट लागू हुने गरी पेट्रोल २, डिजेल तथा मट्टितेल १ र आन्तरिक हवाइ इन्धन ४ रुपैयाँ प्रतिलिटर घटाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने इन्धन २९ डलर प्रतिकिलोलिटर घटाएको निगमले विज्ञप्तीमार्फत जनाएको छ ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५८, डिजेल तथा मट्टितेल १ सय ४५ र आन्तरिक हवाइ इन्धन १ सय २१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धन ९ सय ५२ डलर प्रतिकिलोलिटर पुगेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ ।