१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १७ बुधबार o९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशको स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री पौडेलको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार o९:३६:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशको स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठित ८ जनस्वास्थ्य उपसमितिका सदस्यसँग छलफल गरेका छन् । बुधबार सामाजिक सञ्जालफर्मात उनले देशमा आइपर्न सक्ने स्वास्थ्य महामारी, दुर्घटनाका घाइतेको उद्धार, श्रमिकका स्वास्थ्य, औषधीको समुचित बिक्री वितरण, मानसिक स्वास्थ्य लगायत विविध विषयमा आफूले उनीहरुको कुरा सुनेको र प्राप्त निष्कर्षका आधारमा नागरिकका स्वास्थ्यका मुद्दा सम्बोधन गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।

त्यस्तै संघीयतापछि पहिलो पटक अभ्यासमा आएको स्वास्थ्य विषयगत (समन्वय) समितिअन्तर्गत विभिन्न प्रदेशका स्वास्थ्य मन्त्री र  पालिका प्रमुखहरुसँग पनि उनले छलफल गरेको जनाएका छन् । छलफलमा  आगामी बजेटमा बजेट खर्च नदोहोरिने गरी एकरुपता कायम गर्न तथा आम नागरिकका स्वास्थ्य समस्या समाधान गर्न बेग्लाबेग्लै नभै मिलेर सहकार्य गर्ने  प्रतिबद्धता भएको उल्लेख गरेका छन् । 

मन्त्री पौडेलले प्राप्त निष्कर्षका आधारमा आम नागरिकको स्वास्थ्य सेवामा तीनै तहको प्रभावकारी समन्वय हुने गरी नयाँ बजेट कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।