
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बिमालेख पुनर्जागरण (नवीकरण) गर्दा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले १५ देखि ३० वैशाखसम्म व्यतीत बिमालेख पुनर्जागरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको हो ।
यो सुविधा बिमा अवधिभर एकपटक मात्र प्रदान गरिने र यसरी ब्याज छुट सुविधा उपयोग गरी नवीकरण गरिएका बिमालेख समर्पण गर्न चाहेमा उक्त छुट रकम समर्पण मूल्यबाट कट्टा गरिने पनि कम्पनीले जनाएको छ ।