
रेशम चौधरी पक्राउपछि प्रज्ञाप्रतिष्ठानमा नाराबाजी सुरू भएकाे छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नारावाजी गरेका छन् । आज हुने भनिएको एकता कार्यक्रम बिथोलिएपछि उनीहरूले नाराबाजी गरिरहेका हुन् । उनीहरूले नागरिक जनमत पार्टी जिन्दावाद, रेशम चौधरीलाई रिहा गर्न र सरकारको विरूद्दमा नारा लगाइरहेका छन् । आज कार्यक्रमस्थलबाट नै चौधरी प्रकाउ परेसँगै एकताको कार्यक्रम बिथोलिएको छ ।