१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १६ मंगलबार ११:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी वर्ल्डलिंकको ब्रान्ड एम्बासडर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार ११:o२:oo

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले राष्ट्रियस्तरका ६ जना क्रिकेट खेलाडीलाई ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरेको हो । 

ब्रान्ड एम्बासडरमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी रहेका छन् । कम्पनी र खेलाडीबिच यससम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।

सम्झौतापत्रमा वर्ल्डलिंकका सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका हुन् । एम्बासडरमा नियुक्त खेलाडीले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा 
सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

‘नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्रान्ड एम्बासडर अनुबन्धन गर्ने काम वर्ल्डलिंकले गरेको छ,’ कार्यकारी निर्देशक अग्रवालले भने, ‘यो सम्झौताले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासप्रतिको प्रतिबद्धता देखाउँछ ।  त्यस्तै, खेलाडीले पनि नेपालकै सबैभन्दा ठुलो आइएसपी वर्ल्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा खुसी लागेको बताए  ।