१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
कमल खत्री म्याग्दी
२o८२ बैशाख १६ मंगलबार १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाउरा प्रहार गरेर श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार १२:१९:oo

म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका– ३ पारीबेनी घर भई मंगलाघाटको आरनटोलमा घर भाडामा बस्दै अएकी २७  वर्षीया  भगवती विकको आफ्नै श्रीमान राजु विकले प्रहार गरेको दाउराले लागेर मृत्यु भएको हो । 

राजु म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडाखानीका बासिन्दा हुन्। मंगलबार बिहान करिब साढे ६ बजेको समयमा कोठामा श्रीमानले दाउराले टोउकोमा प्रहार गर्दा भगवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिए ।

श्रीमतीको हत्या गरी विहानैदेखि फरार भएका राजुलाई बेनी बजार नजिकै रहेको ज्यामरुकोट सामुदायिक वनमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरीएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए । मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको प्रारम्भीक अनुसंधानबाट खुलेको प्रहरीले जनाएको छ ।