
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभए पनि राज्यले उनीहरूमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताए । उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणीसमेत गरेका थिए ।