१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १३ शनिबार o७:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारको स्थायित्वबारे खुलेर बोलेनन् देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार o७:१७:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको प्रतिरक्षामा खुलेर बोल्न आनकानी गरेका छन् । थाइल्यान्डमा ‘स्वास्थ्य उपचार’ सकाएर फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरूले सोधेका दुई प्रश्नमा देउवाले संक्षिप्त जवाफ दिए । 

के अहिलेको सत्तासमीकरणमा खटपट सुरु भएको हो ? पहिलो प्रश्नमा देउवाको जवाफ थियो, ‘केही पनि भएको छैन ।’ तर, सरकार परिवर्तन हुँदै छ भन्छन् नि ? अर्को प्रश्नमा उनले ‘कसले त्यस्तो भन्यो मलाई थाहा छैन’ भन्दै जवाफ फर्काएका थिए । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले देउवा जानुअघि उनीसँग कुराकानी भएको र फर्किएलगत्तै समीकरण परिवर्तनबारे थप कुराकानी हुने बताएका थिए । त्यसकारण ६ दिने थाइल्यान्ड भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किने क्रममा देउवाको अभिव्यक्तिमाथि सबैको चासो थियो ।

उनीसँगै स्वदेश फर्किएकी परराष्ट्रमन्त्री तथा देउवापत्नी डा. आरजु राणा देउवाले सरकार परिवर्तन नेपालमा मनोरञ्जनका लागि गरिएको हल्ला मात्रै भएको बताइन् । देउवा भ्रमणबाट फर्किएसँगै सरकार परिवर्तनको हल्ला चलेको विषयमा सञ्चारकर्मीले उनीसँग जिज्ञासा राखेका थिए । ‘तपाईंले नै भन्नुभयो हल्ला भनेर । यो हल्ला मात्रै हो । योचाहिँ देशमा केही शान्त र सुनसान भयो भने अलिकति मनोरञ्जनका लागि पनि न्युजहरू आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा बसेर यहाँको सरकार परिवर्तन हुँदैन । न्युजहरू हेरेर हामी आफैँ पनि छक्क पर्‍यौँ,’ आरजुले भनिन् ।

त्यस्तै, प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । संसद् भवन परिसरमा शुक्रबार सञ्चारकर्मीले सरकार कहिले ढल्दै छ भनेर सोधेको प्रश्नमा उनले भने, ‘अब १४ महनिापछि राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ ।’