१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको दाबी–भाटभटेनीमा लुटपाट गर्ने कांग्रेस सहमहामन्त्रीका छोरालाई प्रहरीले तत्काल छाड्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५६:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतमा भाटभटेनी लुटपाटमा कांग्रेसकै नेताका छोरा संलग्न रहेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको, प्रहरीले उसलाई पक्राउ पनि गरेको, तर पछि नेताको छोरा भनेर पहिचान भएपछि छाडिएको बताए ।

‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारूढ पार्टीको, तपाईंको पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ । किन छाड्नुभयो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो– तपाईंको पुलिसले भिडियो हेरेर पक्रियो, तर पक्रिँदा त नेताको छोरा रहेछ । नेताको छोरालाई छाड्नुभयो, ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएपछि दुई घण्टापछि छोड्नुभयो,’ उनले भने, ‘त्यसकारण यो सत्य–तथ्य सार्वजनिक हुन जरुरी छ ।’