
सरकारले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलाएको छ। आज शुक्रबार वार्ताका लागि गएका शिक्षकहरू मन्त्रालयको गेटबाटै फर्किएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि शनिबारलाई बोलाएको हो।
आजको वार्ता विशेष कारणवश बस्न नसकेको उल्लेख गर्दै मन्त्रालयले भोलि बिहान ७ः३० बजे शिक्षकलाई वार्ताका लागि बोलाएको छ।
सर्वोच्च अदालतको आदेशसमेतलाई ध्यानमा राखी नेपाल शिक्षक महासंघसँगको परामर्शबमोजिम वार्ता गर्न लागेको मन्त्रालयकाे भनाइ छ। सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण सुनिश्चित गर्न बिहीबार सरकारका नाममा अन्तरिम आदेश दिएको थियो।