१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आवासीय चिकित्सकहरूद्वारा सरकारी अस्पतालमा पनि ओपिडी सेवा ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

आवासीय चिकित्सकहरूले सरकारी अस्पतालमा समेत ओपिडी सेवा बन्द गरेका छन्। शुक्रबारदेखि सरकारी मेडिकल कलेज र प्रतिष्ठानमा कार्यरत आवासीय चिकित्सकले बिरामी जाच्ने कार्य रोकेका हुन्।

निजी मेडिकल कलेजहरूले सरकारीसरह निर्वाह भत्ता नदिएपछि नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको थियो। शुक्रबार सरकारी र निजी दुवै अस्पतालको ओपिडी सेवा ठप्प भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. ओमविक्रम कार्कीले जानकारी दिए। उनका अनुसार निजी मेडिकल कलेजहरूले सरकारले तोकेको निर्वाह भत्ता नदिएसम्म आन्दोलन जारी रहनेछ। आइतबार अस्पतालहरूको ओपिडी बन्द गरेर चिकित्सकहरू माइतीघर क्षेत्रमा प्रदर्शनरत छन्।

निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको तलब नदिएपछि एक महिनादेखि चिकित्सकहरू आन्दोलित छन्। बिहीबार संघले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देशैभरका चिकित्सक निजी अस्पताल र सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्। उनीहरूले तोकिएको निर्वाह भत्ता पाउनुपर्ने माग राखेका छन्।

शुक्रबार वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, सिभिल अस्पताललगायतमा ओपिडी सेवा बन्द हुँदा बिरामीहरू फर्किएका छन्। कतिपय बिरामीलाई विशेषज्ञ तथा अन्य चिकित्सकको सहायतामा अस्पतालहरूले उपचारको प्रबन्ध मिलाइएको छ।

वीर अस्पतालले आवासीय चिकित्सकहरूले बिरामी नजाँच्ने भएपछि टिकट काउन्टर नै बन्द गरेको थियो