१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ऐन, कानुन र देशको बजेटले धान्ने सीमाभित्र शिक्षक आन्दोलनको समाधान खोज्छौँ : शिक्षामन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट अहिले देखिएका समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनबाहिर सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले शिक्षकहरूलाई उनले ऐन, नियम र बजेटको सीमाभित्र रहेर शिक्षकका माग समाधान हुने बताएका हुन् ।

‘शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु, ऐन, कानुन र देशको बजेटले धान्ने सीमाभित्र हामी समाधान खोज्न तयार छौँ, सरकारको तर्फबाट मैले वार्ताको आह्वान गरिसकेको छु,’ उनले भने, ‘सचिवज्यूले पनि वार्ताका लागि वक्तव्य जारी गरिसक्नुभएको छ, सर्वोच्चको आदेश मगाएको छु, त्यो पूरा अध्ययन गरेपछि मात्रै त्यसबारे बोल्छु ।’