१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुशासन र विकासका प्रश्नहरूमा राष्ट्रिय एकता अनिवार्य हुनुपर्छ : प्रधानमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:३२:oo

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हितका प्रश्नहरूमा राष्ट्रिय एकता अनिवार्य रहेको उल्लेख गरेका छन् । शुक्रबार भूकम्प दिवसको अवसरमा बोल्दै सुशासन र विकासका प्रश्नहरूमा पनि  राष्ट्रिय एकता अनिवार्य हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘हामी जतिवेला संविधान निर्माणको अन्तिमअन्तिम चरणतिर थियौँ र संविधान जारी गर्ने हाम्रो राष्ट्रको जुन साझा आकांक्षा थियो, तितो अनुभवसहित  र अघिल्लो असफलताको तितो अनुभवसहित त्यही कुरा हामी दोहोरिन नदिन चाहिरहेका थियौँ र कुनै पनि हालतमा दोहोरि नदिने हाम्रो संकल्प थियो । त्यस संविधानसभाले संविधान दिनैपर्दथ्यो, त्यो संकल्पका साथ हामी डटिरहेको वेला, जुटिरहेको वेला स्वाभाविक रूपमा त्यहाँ स्वार्थ समूहहरू उत्पन्न हुनु, स्वार्थ समूहहरूले आफ्ना आफ्ना स्वार्थहरूलाई संविधान निर्माणका बखत अगाडि बढाउनुु, स्वार्थहरू बाझिनुु, स्वार्थहरू टकराउनुु धेरै अस्वाभाविक थिएन । हामीले ती कुराहरूलाई समाधान गर्नुपर्ने थियो । त्यस्तो वेलामा अचानक महाभूकम्प गयो ।  जसले नेपालको परिस्थितिलाई अर्कै दिशामा मोडिदियो । म नेपालका राजनीतिक दलहरूको सुुझबुुझलाई धन्यवाद भन्न चाहन्छ्, त्यसवेला पक्ष र प्रतिपक्ष नभनेर जसरी एकजुटता कायम गर्ने र यस विपत्तिको हामी सबैले सामना गर्नुुपर्दछ र संविधान निर्माणको काममा पनि साथैसाथै अगाडि बढ्नुुपर्दछ भन्ने एउटा राष्ट्रिय एकताको भावना सबैतिरबाट प्रदर्शन भयो, त्यस कुराको म स्मरण गर्न चाहन्छुु र त्यसका लागि सबै पक्षहरूलाई म धन्यवाद पनि भन्न चाहन्छुु । हाम्रो युनिटी त्यसरी नै देखिनुुपर्दछ । ’

उनले लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ र हुनुपर्छ भन्दै प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुपर्ने उल्लेख गरे ।आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर, आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको हुन नहुने बताए ।

उनले १० वर्षअघिको घटना सम्झँदै आकस्मिक प्राकृतिक विपतमा परी जीवन गुमाउनेहरूप्रति स्मरण गर्दै श्रद्धासुमन अर्पण गरे । उनले भने, ‘आज हामी एउटा  दुुःखको दिन, दुुःखको घडीको स्मरण गरिराखेका छौँ दश वर्षपछि । आजकै दिन अर्थात् वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र गरेर महाविनाशकारी भूकम्प गएको थियो । त्यसले ठुलो जनधनको क्षति गरेको थियो । यतिवेला म त्यस आकस्मिक प्राकृतिक विपतमा परी जीवन गुमाउनेहरूप्रति स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्दछु । ’

‘हाम्रो देश हरेक प्रकारका प्राकृतिक विपत्ति, जमिनबाट प्राप्त हुने विपत्ति, पानीबाट प्राप्त हुने विपत्ति, आगोबाट प्राप्त हुने विपत्ति, हावाबाट प्राप्त हुने सबै विपत्ति हाम्रोमा आइलाग्छन् । जमिनबाट त्रासदीपूर्ण भूकम्प गएर जसले नाै लाखभन्दा बढी संरचनाहरु भत्काउने, नाै हजारभन्दा बढीको ज्यान जाने, त्यस्तो खालको त्रासदीपूर्ण स्थिति रह्यो । हाम्रा पुरातात्त्विक, ऐतिहासिक, धार्मिक अनेक धरोहरहरूको क्षति भएको थियो । त्यसै गरेर हावाहुरीले कहिले अन्नबाली समाप्त पार्दिन्छ, कहिले घरहरू भत्काइदिन्छ । हामी मौसमअनुसार पीडित हुन्छौँ । पानीबाट धेरै पीडित हुन्छौँ । कहिले असाधारण बाढी आउँछ र त्यस अतिवृष्टिले जमिनमा पहिरो जाने र बाढी जाने, त्यसले बाटा भत्काइदिने, घरहरू बगाइदिने, खेतबारीहरू बगाइदिने, पुलहरू भत्काइदिने र बगाइदिने अनेक प्रकारका वितण्डाहरू हामीले त्यसबाट सहनुपरेको छ । गर्मी ठाउँ छ । कहिले आगजनीका घटना हुन्छन् । कहिले वनमा आगलागी हुन्छ, कहिले गाउँमा आगलागी हुन्छ । यसको पीडा पनि हामीले व्यहोर्नुपरेको छ । आगोबाट, हावाबाट, पानीबाट, जमिनबाट र सबैतिरबाट हामी प्राकृतिक विपत्तिको चपेटामा पर्छौँ,’ उनले भने ।