
देशभरका आवासीय चिकित्सकले सरकारले बढाएको निर्वाह भत्ता नदिएमा आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलन चर्काउने भएका छन् । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकसहितको उपस्थितिमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले आन्दोलनका थप कार्यक्रम घोषणासमेत गरेका छन् ।
तर, निजी मेडिकल कलेजहरूले स्रोत सुनिश्चितता नभएसम्म सरकारले तोकेको निर्वाह भत्ता नदिने अडान लिएका छन् । कोटा थपिए मात्रै सरकारले बढाएको निर्वाह भत्ता दिन सकिने उनीहरूको भनाइ छ । उनीहरू भने सरकारले बढाएको निर्वाह भत्ता नपाएको भन्दै २९ दिनदेखि सडकमा छन् । माइतीघरमा देखिएका केही दृश्य :