१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
२o८२ बैशाख ११ बिहीबार १o:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वृद्धमाथि छुरा प्रहार, एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १o:२२:oo

महोत्तरीमा एक वृद्धलाई घाँटीमा छुरा हानेर घाइते बनाएको आरोपमा एकजना पक्राउ परेका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका– २ मोहनपुरनिवासी सनिफ खाँको छोरा अन्दाजी ३५ वर्षीय साविर खाँ (पचुवा)लाई प्रहरीले सोही ठाउँ निवासी ६५ वर्षीय रामकृत महतोको घाँटीमा छुरा हानी ज्यान मार्न खोजेको आरोपमा पक्राउ गरेको हो । 

मंगलबार बिहानी बाटो भएर घर जाँदै गरेका रामकृतलाई बाटोमा घेरा हाली साविरले पैसा मागेको र नदिएको झोँकमा छुरा हानेको स्थानीयले बताएका छन् । घाइते रामकृतको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र उनी हाल खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए । 

साविरले सोही दिन गाउँका अन्य व्यक्तिमाथि समेत हमला गरेको र लुटपाट गरेको स्थानीयले बताए ।  केही महिना पहिले मात्र चोरी तथा अन्य मुद्दामा जेल बसेर आएका साविर लागुऔषध सेवनकर्ता भएको र गाउँमा उनीबाट कोही सुरक्षित नभएको स्थानीयको भनाइ छ । वडाध्यक्ष सकिबुल खाँले आरोपीले पटकपटक गाउँमा विभिन्न घटना घटाउने गरेको बताए ।