१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
२o८२ बैशाख ११ बिहीबार o९:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२० वर्षपछि हत्या आरोपमा एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार o९:४६:oo

महोत्तरीमा हत्या आरोपका आरोपी २० वर्षपछि पक्राउ परेका छन् । ०६२ साल कात्तिक २५ गते बिहान धान काट्ने क्रममा  एकडारा गाउँपालिका– १ निवासी ६५ वर्षीय (हालको उमेर) सुकेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । आरोपीले गाउँले २५ वर्षीय (तत्कालीन उमेर) लाई धान काट्ने वेला वादविवाद हुँदा कुटपिट गरी हँसियाले घाँटी रेटी हत्या गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले आरोपीले घटनासमेत स्विकारेको बताउँदै जिल्ला अदालत महोत्तरीबाट घटनाको अनुसन्धान गर्न सात दिनको म्याद लिएको बताए । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।