१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

शिक्षकहरूलाई प्रधानमन्त्रीले भने– प्रतिगामी तत्त्वहरू सल्बलाएका वेला आन्दोलन गर्ने उपयुक्त समय यो होइन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:११:oo

प्रधानमन्त्री केपी ओलीले विद्यालयमा फर्कन आन्दोलनरत शिक्षकलाई आग्रह गरेका छन् । देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन उनले आग्रह गरेका हुन् । 

नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने  बताएका हुन् । ‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सकडमा आन्दोलनमा आउनुपर्दैन । भर्ना अभियान सुरु भइसकेको छ । कृपया जानुस्, विद्यालयमा गएर भर्ना गराउनुस् । एसइईको उत्तरपुस्तिका परीक्षण गर्नुस् । एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले  भने, ‘शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्त्वहरू सल्बनाएका वेला तपाईंहरूले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन ।’ 

प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबिच गत शुक्रबार दुई घण्टा  छलफल भएको थियो ।  छलफल निष्कर्षमा नपुगेपछि शिक्षकहरू आन्दोलनमै छन् । शिक्षा विधेयकलाई बटमलाइन बनाएर शिक्षकहरू १९ दिनदेखि आन्दोलनमा छन्।