१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
रासस भक्तपुर
२o८२ बैशाख ५ शुक्रबार १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिंगाे ढालियो

Read Time : < 1 मिनेट
रासस, भक्तपुर
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार १६:२४:oo

भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज शुक्रबार अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिरअगाडि उठाइएको हात नभएको लिंगाे ढालिएको छ।

प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिंगाे उठाएर जात्रा गर्दै अन्तिम दिन विधिपूर्वक पूजा गरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्छ।

गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिंगाे आज दिउँसो ढालिएको जानकारी दिँदै आजै अपराह्नदेखि पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरु हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिइन्।

उनका अनुसार बिस्केट जात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिंगाे जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा छ। तालाक्वोमा लिंगाे ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ।

यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिंगाे वैशाख २ गते ढाल्ने परम्परा रहे पनि यस वर्ष चैत मसान्तको मध्यरातिसम्म पनि लिंगाे नउठेपछि स्थानीयले वैशाख १ गते नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा लिंगाे उठाएर साँझ ढालिएको थियो।