१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
रासस गाजा
२o८२ बैशाख ५ शुक्रबार १४:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजा युद्ध अन्त्य गर्ने कैदी आदानप्रदान सम्झौताका लागि हमास तयार

Read Time : < 1 मिनेट
रासस, गाजा
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार १४:३३:oo

हमासले गाजा युद्ध रोक्नका लागि इजरायली बन्धकलाई प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ।

तत्काल प्याकेजमा वार्ता सुरु गर्न तयार रहेको जनाउँदै हमासले प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको गाजाका लागि हमासका प्रमुख खलिल अल–हयाले एक भिडियोमार्फत जनाएका छन्।

यो प्रक्रिया युद्धको समाप्ति, गाजाबाट इजरायली सेना फिर्ता तथा पुनर्निर्माणको सुरुवात र इजरायली घेराबन्दीको अन्त्यका लागि भएको अल–हयाले बताएका छन्। 

उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायली सरकारलाई नेतन्याहुको ‘युद्ध जारी राख्ने राजनीतिक एजेन्डाको सम्झौतालाई प्रयोग गरेको आरोप लगाउँदै हमास यो नीति कार्यान्वयनको हिस्सा नबन्ने’ बताए।

इजिप्ट र कतारी वार्ताकारहरूले हमासलाई प्रस्ताव गरेको सम्झौतामा करिब १० जना बन्धकहरूको रिहाइ र अस्थायी युद्धविराम समावेश छ। हमासले विज्ञप्तिमार्फत प्रस्तावको समीक्षा गर्दै आन्तरिक परामर्श पूरा गरेपछि आफ्नो प्रतिक्रिया पेस गर्ने जनाएको छ। 

गत मंगलबार भएको इजरायली हमलापछि बुधबार नेतान्याहुको कार्यालयले गाजामा अझै पनि बन्धकहरूको रिहाइका लागि ‘कदम जारी राख्न’ इजरायली वार्ताकारहरूलाई निर्देशन दिएको बताएको छ।

इजरायलले हमाससँगको दुईमहिने युद्धविरामपछि मार्च १८ मा गाजामा आक्रमण पुनः सुरु गरेदेखि एक हजार ६९१ जनाको मृत्यु हुनुका साथै चार हजार ४६४ घाइते भएका गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।