मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Thursday, 10 April, 2025
रासस बैंकक
२o८१ चैत २२ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकक सोचपत्र २०३० जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न

Read Time : < 1 मिनेट
रासस, बैंकक
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १४:२२:oo

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन बैंकक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ।

यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिमस्टेक बैंकक भिजनसहित ६ बुँदे प्रस्ताव पारित गरेको हो। पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्यान्डका प्रधानमन्त्री पेथोङथान शिनावात्राले पत्रकार सम्मेलन गरिन्।

प्रस्तावमा बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यानमार र थाइल्यान्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता–जनताको सम्पर्क विस्तारका विषयहरू रहेका छन्।

थाई प्रधानमन्त्री शिनावात्राले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी ओलीको पहिलो औपचारिक थाइल्यान्डको भ्रमण गरेर दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थपिएको बताइन्। नेपालका प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको एक दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि औपचारिक थाइल्यान्ड भ्रमण भएको थियो।

शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखले सम्बोधन गरेका थिए।