१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
अमुल थापा काठमाडौँ
२o८१ चैत २८ बिहीबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी (तस्बिरहरू)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार १३:५o:oo

नेपाल बार एसाेसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा. विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।

मिश्रले पाँच हजार ०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार ६२१ मत मात्रै पाए ।

महासचिवमा पनि कांग्रेस–एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला चार हजार ८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत पाए ।

अन्य सबै पदाधिकारीमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् । कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बू, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । यसैगरी, महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

तस्बिरहरू :