मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Thursday, 10 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २२ शुक्रबार १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योगीहरूबाट बिजुलीको बक्यौता उठाउन खोज्दा पदबाट हटाइयो : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १३:४८:oo

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध–निर्देशक कुलमान घिसिङले विद्युत् महसुल उठाउन खोज्दा आफूमाथि ६ पटक स्पष्टीकरण सोधिएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूलाई हजारौँ कागजात मागेर हतोत्साही बनाउने काम भएको बताए ।

महसुल उठाउन खोज्दा माथिल्लो निकायबाट अवरोध भएको उनको भनाइ छ । उद्योगीहरूबाट बिजुलीको बक्यौता उठाउन खोज्दा आफू पदबाट हट्नुपरेको उनको दाबी छ । ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्नु अपराध भएको हो ?’ उनले भने, ‘यसको जवाफ जनताले दिनेछन् ।’