१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
दीपक भट्ट रामेछाप
२o८१ चैत २८ बिहीबार १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसम बिग्रँदा रामेछाप लुक्ला उडान ठप्प

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार १२:५१:oo

रामेछाप र लुक्लाको मौसममा खराबी आएसँगै बिहीबार बिहानदेखि रामेछाप विमानस्थलबाट सोलुको लुक्ला र फाप्लुतर्फ हुने उडान ठप्प भएको छ । केही दिनदेखि लगातार रूपमा लुक्लाको मौसम खराबीका कारण नियमित जहाजले उडान भर्न सकेका थिएनन् । जहाजले उडान भर्न नसकेपछि पर्यटकहरू हेलिकोप्टर चार्टर गरी जाने गरेका थिए ।

आज बिहानदेखि रामेछाप र लुक्ला दुवैतर्फको मौसम खराबी भएका कारण बिहानदेखि नै हेलिकोप्टरले समेत उडान भर्न सकेका छैनन् । दुवैतर्फ बाक्लो हुस्सु लागेका कारण उडान हुन नसकेको नेपाल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

मौसम खुल्ने प्रतीक्षामा सयौँ विदेशी पर्यटकहरू रामेछाप विमानस्थलमा कुरेर बसेका  छन् । रामेछापमा बिहानदेखि वर्षासमेत भइरहेको छ । मौसम खराबी भएर जहाज चल्ने निश्चित नभएपछि केही पर्यटकहरू गाडी रिजर्भ गरेर सोलुको फाप्लु हुँदै सुर्केतिर लागेका छन् । 

रामेछाप विमानस्थलबाट तीन निजी कम्पनी तारा, सीता र समिट एयरले पर्यटकहरूलाई सेवा दिँदै आएका छन् । मौसम खुलेको समयमा रामेछाप विमानस्थलबाट लुक्ला सरदर ४५ देखि ५० वटासम्म उडान हुने गरेको छ ।