मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ९ शनिबार
  • Sunday, 23 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ९ शनिबार २१:o६:oo
Read Time : < 1 मिनेट
समाचार

बेलबारी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ९ शनिबार २१:o६:oo

मोरङको बेलबारी क्याम्पस स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका कपिल विष्ट विजयी भएका छन्। 

माओवादीका कोशी प्रदेश अध्यक्षहर्क नेम्वाङ मेक्सोले क्रान्तिकारीका उम्मेदवार विष्ट स्ववियु निर्वाचनमा विजयी भएको जानकारी दिए । विष्टले प्रतिन्द्धन्द्धी अनेरास्ववियुको सभापति उम्मेदवार प्रशान्त पोखरेललाई ३४ मतले पराजित गरेका हुन् । निर्वाचनमा कूल ३७१ मत खसेको थियो।

मोरङमा हालसम्म निर्वाचन भएका ९ क्याम्पसमध्ये अखिल क्रान्तिकारीले ६ वटामा जित निकालेको छ । जिल्लाका तीनवटै आंगिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी, डिग्री क्याम्पस र नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीले स्ववियु सभापति जितेको छ । यस्तै, रमाइलो बहुमुखी, बेलबारी र मिक्लाजुङ क्याम्पसमासमेत अखिल क्रान्तिकारीले जितेको छ ।