मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिद्धार्थ बैंकद्वारा ‘डिजिटल भुक्तानी गरौँ, बम्पर उपहार जितौँ’ अभियान सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १७:५८:oo

सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे सँगको सहकार्यमा ‘डिजिटल भुक्तानी गरौँ, बम्पर उपहार जितौँ’ अभियान सार्वजनिक गरेको छ। ग्राहकहरूलाई डिजिटल कारोबारमा आकर्षित गर्न सुरु गरिएको यो योजनाअन्तर्गत विभिन्न आकर्षक उपहार जित्ने अवसर बैंकले प्रदान गर्ने जनाएको छ।

बैंकका अनुसार, यस अभियानले ग्राहकहरूलाई मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। मोबाइल टपअप तथा क्युआर भुक्तानीलाई प्रवर्द्धन गर्दै डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्त बनाउन यो अभियान ल्याइएको हो।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु १०० को मोबाइल टपअप तथा रु ५०० को क्युआर भुक्तानी कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ। सर्त पूरा गरेपछि ग्राहकहरू साप्ताहिक उपहार तथा बम्पर उपहार जित्न स्वतः योग्य हुनेछन्। 

बैंकका अनुसार, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताले रु १०० को मोबाइल टपअप जित्न सक्नेछन्। त्यस्तै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप नयाँ 'आइफोन १६' जित्ने अवसर प्राप्त गर्नेछन्।

बैंककाअनुसार, यो योजना २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म लागू हुनेछ।  बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा सहभागी भई यो सुनौलो अवसरको फाइदा लिन आग्रह गरेको छ। बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्दै ग्राहकलाई डिजिटल बैंकिङमा आकर्षित गर्न केहि समयअघि ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सुरु गरेको थियो।  यस्ता योजनाहरूले डिजिटल कारोबारलाई बृद्धि गर्ने अपेक्षा गरिएको छ।