
रौतहट प्रहरीले भारत निकासी हुन लागेका अवैध सामान बरामद गरेको छ । शनिबार गोप्य सुचनाका आधारमा इशनाथ नगरपालिका ५ जयनगरस्थित सीमा क्षेत्रबाट प्रहरीले अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको हो ।प्रहरीले १८ हजार दुई सय रुपैयाँ बराबरको अवैध रक्सी र एक लाख बराबरको मोटरसाइकल बरामद गरेको हो ।
उक्त सामानसहित भारतको पुर्वी चम्पारण भसेडवा वडा नं. १९ बस्ने २० वर्षीय संतोष यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।