मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २ शनिबार
  • Sunday, 16 March, 2025
२o८१ चैत २ शनिबार १४:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

निर्माण सम्पन्न हुने वेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार १४:१५:oo

ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम गुणस्तर नपुगेको भन्दै भत्काउन थालिएको छ। नेपालको पहिलो फ्लाइओभरको रूपमा चर्चित यो आयोजनाको निर्माण ८२ प्रतिशत पूरा भइसकेको अवस्थामा गुणस्तरमा प्रश्न उठेपछि सडक विभागले भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिएको हो।

यो फ्लाइओभरको निर्माण कार्य २०७८ फागुन १२ गते ठेक्का सम्झौता भएर सुरु भएको थियो। आशिष–समानान्तर–रेलिगेर जेभीले ठेक्का पाएको यो आयोजनाको म्याद पहिले २०८० फागुन ११ सम्म थियो, तर ढिलाइ भएपछि वैशाख २०८२ सम्म थप गरिएको थियो। गुणस्तर परीक्षणमा समस्या देखिएपछि चैत २९, २०८१ (मार्च १२, २०२५) देखि भत्काउने काम सुरु भएको हो।

निरीक्षणका क्रममा फ्लाइओभरको ‘प्रिकास्ट प्यानल’मा चर्किएको र मापदण्ड पूरा नभएको पाइएको थियो। सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रको परीक्षणपछि यो निर्णय लिइएको हो।

ग्वार्को चोक चक्रपथको व्यस्त खण्ड हो, जहाँ दैनिक ५०,००० देखि १,००,००० सवारीसाधन गुड्ने गर्दछन्। निर्माण सुरु भएदेखि नै सडकको चार लेन बन्द हुँदा सडक जाम र गन्तव्यमा समयमै पुग्न समस्या हुँदै आएको छ। भत्काउने कार्यले यो समस्या थप जटिल बनेको छ। साँझ–बिहान घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ।
१७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको यो आयोजना अब कहिले बन्ने भन्ने अन्यौल झन् नै कायम छ।

हेर्नुस् तस्बिरहरू :