मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २० मंगलबार
  • Tuesday, 04 March, 2025
२o८१ फाल्गुण २० मंगलबार १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

हेटौँडा सहरका परिकल्पनाकार टोनी हेगनको सालिक अनावरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २० मंगलबार १८:५६:oo

हेटौँडा शहरका परिकल्पनाकार स्वीस भूगर्भविद डा. टोनी हेगनको अर्धकदको सालिकको अनावरण गरिएको छ । हेटौँडा–१० स्थित टिसिएनमा निर्मित टोनी हेगन पार्कमा निर्माण गरिएको डा. हेगनको अर्धकदको सालिक मंगलबार उनकी छोरी छोरी डा. क्याट्रिन हेगन सहित उपमहागनगरपालिकाकी मेयर मीनाकुमारी लामा र पूर्व नगरप्रमुख हरिबहादुर महतले संयुक्त रुपमा अनावरण गरेका हुन्।

सालिकको अनावरण गर्दै हेगनकी छोरी डा. क्याट्रिनले आफ्नो बुबालाई हेटौँडाले माया गरेको भन्दै धन्यवाद दिइन् । उनले आफ्नो बुबा नेपाललाई माया गर्ने विदेशी भएको र नेपाललाई विश्वमा चिनाउने एक सच्चा नागरिक भएको पनि बताइन् ।

अनावरण कार्यक्रममा मेयर लामाले डा. टोनी हेगनलाई पुस्तौंपुस्तासम्म चिनाउने उद्देश्यले उपमहानगरले सहरको मध्यभागमा पार्क निर्माण गरेको बताइन्।‘पार्कको व्यवस्थापन उपमहानगरपालिका आफैंले गर्ने उनको भनाइ थियो। पार्कमा फल्चा, ढुंगेधारा, अध्ययन केन्द्र, महिला एरोबिक स्थल, बालमैत्री पार्क, जेष्ठ नागरिकमैत्री स्थल, ब्याडमिन्टन कोर्ट निर्माण भइरहेकोले पार्कको सौन्दर्यता अझ बढ्ने मेयर लामाले बताइन् ।

उक्त अवसरमा टोनी हेगन फाउण्डेसनका अध्यक्ष प्रमोदकुमार झाले टोनी हागनले विश्वमा नेपाललाई मात्र नभई नेपालीलाई नै नेपाल चिनाएको बताए । एक बिघाह चार कठ्ठा साढे १७ धुर क्षेत्रफलमा निर्माण भएको पार्कका लागि हालसम्म हेटौँडा उपमहानगरपालिका र विभिन्न संघसंस्थाहरुको सहयोगमा दुई करोड नौ लाख ८१ हजार रुपैयाँ खर्च भइसकेको छ ।