मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १० शनिबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण १० शनिबार २o:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद

घोडा दौडको उपाधि विवेकलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १० शनिबार २o:१५:oo

विवेक पुनले कास्कीको घान्द्रुकमा सम्पन्न घान्द्रुक पर्यटन महोत्सवअन्तर्गत आयोजित घोडा दौडको उपाधि हात पारेका छन् ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा शनिबार भएको दौडमा सहभागी अन्य ३२ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएका विवेकले नगद ६० हजार पुरस्कार पाएका छन् । दौडमा अविशेक गुरुङ दोस्रो हुदै ४०, तेस्रो भएका देवेन्द्र सिर्पालीले २०, सान्तवना स्थान हात पारेका हितमान गुरुङ र कञ्जु गुरुङले जनही ५÷५ हजार नगद पुरस्कार पाए ।

यसैगरी महोत्सवअन्तर्गत आयोजना गरिएको क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि रेन्बो होटल पोखरा भलिबल प्रशिक्षण केन्द्रले जित्यो । अन्नपूर्ण युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधिसँगै रेन्बोले एक लाख २२ हजार २२२ र उपविजेता अन्नपूर्णले ७७ हजार ७७७ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

भेन्ट्रान्स भलिबलतर्फ किङ्स क्लब अफ पोखराले अन्नपूर्ण घोरेपानी घान्द्रुक जीप समितिलाई ३–० को सेटमा पराजित गर्यो । उपाधि सगै किङ्सले ३० र उपविजेता अन्नपूर्णले २० हजार नगद पुरस्कार पाए ।

महोत्सवअन्र्तगत सम्पन्न बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । फाइनल खेलमा अन्नपूर्ण युथ क्लब किम्चेलाई ६६–५२ को स्कोरले पराजित गर्दै उपाधि जितेको गण्डकीले एक लाख २२ हजार २२२ र उपविजेता अन्नपूर्णले ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको आयोजक समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । विजेता टिम एवं खेलाडीलाई गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले पुरस्कार वितरण गरेका थिए ।