मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ४ आइतबार
  • Wednesday, 12 March, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न– दुईतिहाइको दाबी गर्ने सत्तापक्षले बहुमत गुमाइसकेको हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ४ आइतबार १४:४२:oo

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले कानुनको मस्यौदा गर्ने, संसदमा प्रस्तुत गर्ने र पारित गर्नेसम्मको प्रमुख जिम्मेवारी सरकारकै हुने बताएका छन्।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा पुनले अध्यादेशको औचित्य पुष्टि गर्न सत्तापक्षले पटकपटक संसद्ले कानुन बनाउनै सकेन भन्ने गरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्।

दुईतिहाइ बहुमतको दाबी गर्ने सत्तापक्षले संसद्लाई दोष दिएकोमा असन्तुष्टि जनाउँदै सांसद पुनले संसदमा बहुमत गुमाइसकेको हो र ? भन्दै प्रश्न गरे।

‘सत्तापक्षका नेता र माननीयज्यूहरूले अध्यादेशको औचित्य पुष्टि गर्न पटकपटक संसद्ले कानुन बनाउनै सकेन भन्ने गरेको सुनियो । कानुनको मस्यौदा गर्ने, संसदमा प्रस्तुत गर्नेदेखि पारित गर्ने सम्मको प्रमुख जिम्मेवारी सरकारको हो,’ उनले भने, ‘हामी सबैलाई थाहा छ बहुमतले विधेयक पारित हुन्छ । दुईतिहाइ बहुमतको दाबी गर्ने सत्तापक्षले संसदमा बहुमत गुमाइसकेको हो र ? कि संसद्को गरिमालाई होच्याउने नियतले त्यस्ता कुरा गर्नुभएको हो ?’

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रमा शिथिलता आएको र जनताको चुलोमा महँगीको मार परेको भन्दै यसतर्फ सरकारको योजनाबारे समेत प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन्।

‘अर्थतन्त्रमा शिथिलता आएको छ । जनताको चुलो महँगीको मारमा परेको छ। पुँजीगत खर्च भइरहेको छैन । युुवाहरूको पलायन बढेको बढ्यै छ । समग्र अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकता के के छन् ?’ उनको प्रश्न छ।

अघिल्लो सरकारले लिएको मेरिटोक्रेसीको नीतिमा समेत हस्तक्षेप र दलीयकरण भएको दाबी गर्दै पुनले भने, ‘विगत सरकारले विश्वविद्यालय, संस्थान आदिमा कायम गरेको मेरिटोक्रेसीप्रति वर्तमान सरकारले ध्यान नदिएको, दलीयकरण र हस्तक्षेप गरेको तथा ती निकायहरूमा व्यावसायिक दक्षताको आधारमा काम गर्ने वातावरण नरहेको देखिन्छ । सरकारले त्यसलाई सुधार गर्न के कस्तो सोच बनाएको छ ?’