मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ४ आइतबार
  • Wednesday, 12 March, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ४ आइतबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन्तला पकेट क्षेत्रमा करिडोर निर्माण गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ४ आइतबार १४:oo:oo

सांसद ठाकुरप्रसाद गैरेले पाल्पा र अर्घाखाँचीका सुन्तला उत्पादन हुने क्षेत्रहरूलाई जोड्न ‘सुन्तला करिडोर’ निर्माण गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै गैरेले पकेट क्षेत्रमा करिडोर निर्माण गर्न माग गरेका हुन्।

पाल्पामा यस वर्ष करिब ५३ करोड रुपैयाँको सुन्तला कारोबार भएको उल्लेख गर्दै उनले सिँचाइ, बिउ, आधुनिक खेतीमा रूपान्तरण गर्न सके यसमा थप १०–१५ करोड वृद्धि गर्न सकिने बताए।

‘त्यसको (पाल्पा) पकेट क्षेत्र कुसुम खोला, मैनादी, मुजुङ, अमलावास, पेलावास हुँदै अर्घाखाँचीको पाणिनी क्षेत्रको सुन्तला बगानलाई समेत जोडेर सुन्तला करिडोर बनाउन सकियो भने त्यहाँका व्यवसायीलाई अत्यन्त लाभ हुने भएकाले म यी क्षेत्रहरू जोड्ने सुन्तला करिडोर निर्माणको निम्ति सरकारको ध्यान जाओस् भन्ने माग गर्न चाहन्छु,’ उनले भने।

सांसद गैरेले काम लाग्ने रूख नभएका सामुदायिक वनहरूलाई सुन्तला वनमा रूपान्तरण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।