मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ४ आइतबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण ४ आइतबार १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाका दुर्गम भेगमा पर्ने गाउँबस्तीमा पनि सार्वजनिक यातायात सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ४ आइतबार १२:१६:oo

यहाँका आठ स्थानीय तहका ६० वटा वडा छन् । यहाँको सबै स्थानीय तहका मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।  ६० वडामध्ये तिला गाउँपालिका ६, ७, ८ र ९ वडा अर्थात् तत्कालीन घोडेमहादेव र मालिकाठाँटा गाविस हालै सडक सञ्जालमा जोडिएका छन्। तिला गाउँपालिका– १ रारालिहीस्थित तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सडक सञ्जालमा जोडिएका हुन् । 

यहाँका सबै वडापालिकासम्म कच्च (अफरोड) सडक निर्माण भएपछि सार्वजनिक यातायात सेवा नियमित हुन थालेका छन्। यसअघि यहाँको सदरमुकाम खलंगा हुँदै कर्णाली राजमार्ग जुम्ला–नाग्म सडकखण्ड र नाग्म–गमगढी मूल सडकमा मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन हुने गरेका थिए। 

अब यहाँका ग्रामीण सडकमा (अफरोड) पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको छ। नमस्ते हिमचितुवा यातायात प्रालि जुम्लाले यहाँका मुकाम खलंगा हुँदै कुडारी डुग्रीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हो। कुडारीदेखि डुग्रीसम्म ११ किलोमिटर कच्च सडक रहेको छ। 

यस्तै सोही यातायात प्रालिले खलंगादेखि रारालिही, रारालिहीदेखि मानेचौर, राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातायात प्रालिका राजबहादुर रावलले बताए। उनले भने, रारालिहीदेखि मानेचौरसम्म २० किलोमिटर कच्ची सडक रहेको छ । अहिले रुड परमिटको प्रक्रियामा छौँ । रुड परमिट प्राप्त भएपछि एक–दुई दिनमै यातायात सेवा सञ्चालन गर्नेछौँ। यसअघि कुडारीको त्रिवेणीदेखि ताम्ती, टोप्ला र जुम्ला विमानस्थलदेखि पातारासीको तल्फी, पेरे गाउँसम्म सार्वजनिक यातायात सेवा सञ्चालन छन्।