![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/dhal-12025-02-12-03-15-06.gif)
काठमाडौं काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक नै बन्द भएको छ । पानीको पाइप र ढल फुटेर सडकमा बगेपछि दक्षिणतर्फको सडकको लेन बन्द भएको हो।
पाइप फुटेर विशेष अदालत, जिल्ला अदालत तथा वन परिसरतर्फ बगेपछि ती कार्यालय जानसमेत सर्वसाधारणलाई समस्या भएको छ । घण्टाैँ प्रयास गर्दा पनि समस्या समाधान हुन सकेको छैन । सरकारी कार्यालयबाट कर्मचारीहरूसमेत कार्यालयबाट निस्कन सकेका छैनन्।
तस्बिरहरूः