मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २९ मंगलबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २९ मंगलबार १३:३२:oo
Read Time : < 1 मिनेट
समाचार

सांसदको प्रश्न– आफ्नै प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने हो ? (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २९ मंगलबार १३:३२:oo

प्रहरीमाथि कुटपिट गर्ने एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेतालाई प्रहरीले जोगाएको विषय संसदमा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मंगलबारको प्रतिनिभिसभा बैठकमा यो विषय उठाएका हुन् । 

उनले भने, ‘आफ्नो कमान्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले कुर्सीमा बस्ने हो ? हामीलाई जवाफ दिनुपर्‍यो ।’ 

गत शुक्रबार बेलुका ठमेलमा ड्युटीमा रहेका दुई प्रहरीमाथि अस्कलका विद्यार्थी नेताहरूले कुटपिट गर्नुका साथै उनीहरूको मोटरसाइकलसमेत तोडफोड गरिएको थियो । सो घटनामा पाँचजनाको संलग्नता रहे पनि दुईजना मात्र पक्राउ परेका छन् । अनेरास्ववियुका नेतालाई प्रहरीले जोगाएको आरोप लागेको छ।