
अनलाइन जुवा खेलाउने २३ जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । अभियोगमा भारत बिहार राज्य बाका घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिलकुमार यादवसमेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बुढानीलकण्ठ नगरपालिका– ३ गैरीगाउँस्थित घरमा अनलाइन जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ८८ थान र ल्यापटप १० थानसहित पक्राउ गरेको हो । घर नै भाडामा लिएर उनीहरूले कर्मचारीहरू राखेर अनलाइनमार्फत जुवा खेलाउने काम गरेको प्रहरीले जनाएको छ।