मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ २७ आइतबार
  • Friday, 14 August, 2026
२o८१ माघ २७ आइतबार २o:o३:oo
Read Time : < 1 मिनेट
समाचार

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २७ आइतबार २o:o३:oo

सडकको सोलार बत्तीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परी आइतबार पोखरामा दुईजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकलचालक पोखरा महानगरपालिका–२४, कास्कीकोट बस्ने २१ वर्षका सफल रानाभाट र सोही मोटरसाइकलको पछाडि बसेका पोखरा–८, सिमलचौर बस्ने २१ वर्षका सुजल अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।

दुर्घटनामा घाइते भएका उनीहरूलाई वडा प्रहरी कार्यालय पोखरा–६, बैदामबाट खटिएको प्रहरी टोलीले उपचारको लागि अस्पताल लगेकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको शर्माले जानकारी दिए।

पोखरा–६, बैदामस्थित ३ नम्बर स्ट्रिटमा लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको ग१३प ६७१९ नम्बरको मोटरसाइकलचालकले नियन्त्रण गुमाउँदा सडकछेउमा रहेको सोलारको पोलमा ठोकिन गई दुर्घटना भएको शर्माले जानकारी दिए।