मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २६ शनिबार १७:o५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

जीवन बिमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १७:o५:oo

जीवन बिमासम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री ‘समय’ सार्वजनिक भएको छ। क्यापिटल न्युज नेटवर्कले सार्वजनिक गरेकाे भिडियोमा सर्वसाधारणलाई जीवन बिमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ।

एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि बिदेसिने ध्याउन्नमा हुन्छिन्। उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो गर्नका लागि अभिभावकलाई धौधौ पर्छ। आर्थिक शिथिलताले बैंकको कर्जा सेवा, व्यापारदेखि आपसी व्यवहारसम्ममा पारेको प्रभावलाई झल्काउँदै अप्ठेरो परेका वेला कर्जा वा सापटी हात पार्न असहज भएको अवस्थालाई मर्मस्पर्शी ढंगबाट झल्काइएको छ।

सापटीका लागि अनेक प्रयास गर्दा पनि केही उपाय नलागेपछि अन्ततः ७ महिनाको पर्खाइपछि ती व्यापारीले छोरीको उच्च शिक्षाका लागि बैंकबाट शैक्षिक कर्जा पाउँछन् र छोरीलाई विदेश पठाउने सपना साकार पार्न सहज हुन्छ।

छोरी बिदेसिने भएपछि खुसी साट्न खाना खाने निम्तोमा आएको छोरीको साथीको अभिभावकले छोरी जन्मिएलगत्तै जीवन बिमा गरिदिएकाले उच्च शिक्षाका लागि चाहिने पैसाको जोहो गर्न कुनै तनाव नभएको सुनाउँदा ती व्यापारी पिता समय छँदै आफूले जीवन बिमा नगरेकोमा पछुतो मान्छन्। ढिलै भए पनि उनी जीवनको उत्तरार्द्धका लागि पनि जीवन बिमा चाहिन्छ भन्ने निष्कर्षसँगै बिमा गर्न तत्पर हुन्छन्।

यो श्रव्यदृश्य सामग्रीले छोराछोरीको उच्च शिक्षाका लागि नेपालको निम्न मध्यम वर्गीय परिवारका अभिभावकले भोग्नुपरिरहेको साझा समस्या र चुनौतीको प्रतिनिधित्व गर्ने प्रयास गरेको छ। जीवन बिमालाई लिएर आमनागरिकमा अझै पनि विद्यमान अज्ञानता, आर्थिक रूपमा सम्पन्न भए पनि भविष्यका लागि आवश्यक पर्ने पैसाको जोहोका लागि समय रहँदै बचत, लगानी गर्नुपर्छ भन्ने चेतना र अभ्यासको पनि अभाव रहेको परिवेशलाई दर्शाइएको छ।

यो सामग्रीको पटकथा लेखन तथा निर्देशन रोमियो गुरुङले गरेका हुन् भने छायांकन ईश्वरबल्लभ उप्रेतीले गरेका हुन्। केशवप्रसाद भण्डारीको परिकल्पनामा बनेको यस पटकथाको व्यवस्थापन आकाश कुँवरले गरेका हुन्। विशेष सिलवाल र पुष्कर महत्वको संगीत तथा सन्तोष दवाडी र रोमियो गुरुङको सम्पादन रहेको छ।

भिडियोमा सन्दीप डंगोल, निरू खड्का, रोशिका पौडेल, राधा गिरी, प्रभास लिम्बू र ईश्वरबल्लभ उप्रेतीको अभिनय छ। विशेष भूमिकामा कृष्ण मल्ल देखिएका छन्।