मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १o:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली पेस्ट्री एवं बेकरी सेफ लिम्बू दुबईमा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १o:५७:oo

नेपाली पेस्ट्री एवं बेकरी सेफ ह्युमन लिम्बू दुबईमा सम्मानित भएका छन् । प्रतिष्ठित एसिया–नेपाल इन्टरनेसनल अवार्डको हस्पिटालिटी विधातर्फ लिम्बू सम्मानित भएका हुन् ।

एसिया–नेपाल इन्टरनेसनल हस्पिटालिटी ग्रुप र शैली मिडियाले आयोजना गरेको अवार्ड समारोह दुबईस्थित विलासी हिल्टन होटेल अल सिफमा सम्पन्न भएको थियो । लिम्बूले प्रमुख अतिथि युएईका प्रख्यात अधिकारी वालिद अल हसन, नेपाली समाज युएईका अध्यक्ष रामबहादुर मोक्तान र एनआरएन दुबईका अध्यक्ष विकास शाहीबाट अवार्ड ग्रहण गरेका थिए ।

लिम्बूले लेनोत्रे पेरिसमा पेस्ट्री र बेकरीमा विशेषज्ञता हासिल गरेका हुन् । दुबईको सोफिटेल होटेल जेबिआर मारिनामा प्रि–ओपनिङ टोलीमा सामेल भएपछि उनको करिअर सुरु भयो । २० वर्षभन्दा बढीको अनुभवका साथ लिम्बूले मध्यपूर्वमा १७ वटा पाँचतारे लक्जरी होटेल स्थापना गर्न र दुईवटा कन्फेसनरी उत्पादन गर्ने कम्पनी विकास गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।